नेपालगन्जमा नेवाः देय् दबूको विधान महाधिवेशन शुरु


नेपालगन्जमा नेवाः देय् दबूको विधान महाधिवेशन शुरु

नेपालगन्ज १६ पुष : देशभरका नेवार समुदाय नेपालगन्जमा भेला भएकाछन् । नेवाः देय् दबूको विधान अधिवेशनका अवसरमा देशभरबाट नेवार समुदाय नेपालगन्ज आएका हुन् ।

नेपालभाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने प्रमुख उद्देश्यले स्थापित नेपालभाषीहरुको साझा छाता संगठन नेवाः देय् दबूको विधान अधिवेशनका लागि देशभरका ६८ वाट जिल्ला शाखाबाट २५० बढी प्रतिनिधि उपस्थित भएका छन् ।

विधान अधिवेशनको उद्घाटनअघि नेपालगन्जमा झाँकी, लाखे नाच, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । न्यूरोडबाट शुरु भएको शोभा यात्रा वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै डीएसपीरोडस्थित कार्यक्रमस्थलमा पुगेको थियो ।

नेवाः देय् दबूको बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विधान अधिवेशनमा उद्घाटन र बन्दशत्र हुने जानकारी दिए । अधिवेशनमा मल्ल के सुन्दर, तीर्थमान डंगोल, नरेशकुमार ताम्राकारलगायतको उपस्थिति रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

विधान महाधिवेशनलाई भव्यताका साथ सफल तुल्याउनका लागि यसअघि विभिन्न ११ वटा समिति गठन गरिएको थियो । नेवाः देयः दबू बाँकेका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा २५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरेको थियो ।

नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन हो ।

थप समाचार

नेवाः देयः दबूको केन्द्रिय महाधिवेशन नेपालगन्जमा हुने