बाँके काँग्रेसबाट राष्ट्रिय सभा निर्वाचनमा ४ जना सिफारिस


बाँके काँग्रेसबाट राष्ट्रिय सभा निर्वाचनमा ४ जना सिफारिस

नेपालगन्ज १७ पुष : नेपाली काँग्रेस बाँकले राष्ट्रिय सभा निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

काँग्रेस बाँकेको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन पुर्वजिल्ला सभापति युवराज शर्मा, वर्तमान सभापति किरण कोइराला, पुर्वक्षेत्रीय सभापति एवम् संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ‘भोला’ र महाधिवेशन प्रतिनिधी लुटबहादुर खत्रीको नाम सिफारिस गरेको कार्यालय सचिव उमेश शर्माले जानकारी दिए ।

केसीलाई नेपाली काँग्रेसले यसअघि पनि २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा उम्मेवार बनाएको थियो । अपांगताबाट उम्मेदवार बनेका उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनसँग पराजित भएका थिए ।
उक्त निर्वाचनका लागि नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो ।

निर्णय पश्चात चारै जनाको नाम काँग्रेस लुम्बिनी प्रदेश समितिमा सिफारिस गरेर पठाइसकिएको उनले बताए । उक्त निर्वाचनका लागि बाँकेबाट पुरुष र महिला एक÷एक जनाको नाम मागेपनि जिल्लामा आकांक्षीको संख्या बढेपछि एक महिलासहित ४ जनाको नाम पठाइएको शर्माले प्रष्ट्याए ।

Kanti Aarogya Hospital Nepalgunj

‘चार जनाको नाम वरियता क्रम अनुसार सिफारिस गरेर पठाइसकेका छौं, अब प्रदेश समिति हुदै केन्द्रले निर्णय गर्ने होला,’ कार्यालय सचिव शर्माले भने । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुदैँछ । यसका लागि निर्वाचन आयोगले दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार निर्वाचन कार्यक्रम अन्तरगत शनिबार (आज) प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ ।

यस्तै सोमबार अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी पुष २० गते मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ । निर्वाचनका लागि लुम्बिनी प्रदेशका २ सय ९६ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखले भोट हाल्न पाउनेछन् । लुम्बिनी प्रदेशबाट महिला, दलित र अन्य गरी ३ जना निर्वाचित हुनेछन् ।