नेपालगन्ज १८ पुष : नेवाः समुदायको छाता संस्था नेवाः दयः दबुको महाधिवेशन आगामी चैत्रमा गरिने भएकोछ । विधान महाधिवेशनका लागि नेपालगन्जमा भेला भएका उनीहरुले संस्थाको महाधिवेशन आगामी चैत्र महिनामा विराटनगरमा गरिने भएको हो ।
संगठनका अध्यक्ष नरेशमान ताम्राकारको अध्यक्षतामा भएको बिधान महाधिवेशनले आगामी चेत्रमा बिराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको व्यवस्थापन सकितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । नेपालगन्जमा सम्पन्न भएको विधान महाधिवेशनले २०४७ सालको संबिधानको संरचना अनुरुप संचालनमा रहेको दबुको बिधानलाई विधान महाधिवेशनको माध्यमबाट संघीय संरचनामा लगिएको छ ।
नेवाः देय् दबूको विधान अधिवेशनका अवसरमा देशभरबाट नेवार समुदाय नेपालगन्ज आएका थिए । नेपालभाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने प्रमुख उद्देश्यले स्थापित नेपालभाषीहरुको साझा छाता संगठन नेवाः देय् दबूको विधान अधिवेशनका लागि देशभरका ६८ वाट जिल्ला शाखाबाट २५० बढी प्रतिनिधि उपस्थित थिए ।
विधान अधिवेशनको उद्घाटनअघि नेपालगन्जमा झाँकी, लाखे नाच, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । न्यूरोडबाट शुरु भएको शोभा यात्रा वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै डीएसपीरोडस्थित कार्यक्रमस्थलमा पुगेको थियो ।
विधान महाधिवेशनलाई भव्यताका साथ सफल तुल्याउनका लागि नेवाः देयः दबू बाँकेका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा २५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरेको थियो ।
थप समाचार