नेतृत्व चयनविनै सकियो माओवादीको महाधिवेशन


नेतृत्व चयनविनै सकियो माओवादीको महाधिवेशन

नेपालगन्ज १८ पुष : नेकपा माओबादीको ८ औं महाधिवेशनले नयाँ नेतृत्व चयनविनै सकिएकोछ । माओवादी केन्द्रको जारी आठौं महाधिवेशन आठौं दिनसम्म चल्यो तर महाधिवेशनले नयाँ नेतृत्व चुन्न सकेन ।

पार्टीको नेतृत्व गर्ने अध्यक्ष तथा पदाधिकारीको चयनबिना नै माओवादी महाधिवेशन सकिएपछि देशभरबाट आएका प्रतिनिध भूमिकाविहिन बने । यसअघि नेकपा एमालेको महाधिवेशन गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधको अधिकार कुल्चिँदै नाम लिस्ट पढेको भनेर तिव्र विवाद भयो र ओलीकै शैलीलाई पछ्याउँदै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दकोठामा लिस्ट बनाएर बन्दशत्रमा सुनाए ।

प्रचण्डले सुनाएको सूचीलाई बन्दशत्रले सर्वसम्मतिले पारित गरेपछि चुनावको तनावबाट माओवादी उम्कियो । यसले पार्टीभित्र प्रचण्डको दबदबा देखायो नै अर्कोतर्फ प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन नगरेको आरोपबाट अछुतो हुन सकेन माओवादी ।

आईतबार साँझ अध्यक्ष प्रचण्डले बन्दशत्र प्रस्तुत गरेको सूची अनुसार नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समितिका २३६ सदस्य टुंगो लगाएको छ । जसमा आफूसहित परिवारका तीन सदस्यलाई प्रचण्डले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रीय सदस्य बनेका २३६ मध्ये १११ जना खुला केन्द्रीय सदस्य हुन् । कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनीत हुनेछन् । यसबाहेक माओवादीका विभिन्न क्लस्टरबाट चयन हुने थप १२५ केन्द्रीय सदस्यको टुंगो लागेको छ । कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ । उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन् ।

केन्द्रीय सदस्यमा खस आर्यतर्फ प्रचण्डका सहोदार भाइ नारायण दाहाल र छोरी रेणु दाहाल परेका छन् । नारायण खस आर्य पुरुषतर्फ र दाहाल खस आर्य महिलातर्फ केन्द्रीय सदस्य बनेका हुन् ।