राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीबाट बाँकेका युवराज शर्मा चयन


राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीबाट बाँकेका युवराज शर्मा चयन

नेपालगन्ज १९ पुष : आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार तय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो । जसअनुसार प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्ण प्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त उम्मेदवार तय भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

सोमबार नै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि एमालेले जितेका ८ सिटमा भागबण्डा मिलाएको थियो । त्यसबाहेक गठबन्धन आवद्ध दलले यसअघि जितेको सिटमा सोही दललाई नै दिने सहमति भएको थियो ।
काँग्रेस पदाधिकारी बैठकले तय गरेका नाम सोमबार नै बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन समेत गरिसकेको छ ।

कमला पन्त र नारायण मिश्र संस्थापन इतर समूहका उम्मेदवार हुन् । पन्त शेखर कोइराला प्यानलबाट महिला तर्फबाट सहमहामन्त्री र मिश्र सुदूरपश्चिम सभापतिमा पराजित भएका थिए । कृष्ण पौडेल काँग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव हुन् । दुर्गा गुरुङलाई सहिद परिवारबाट उम्मेदवार बनाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गोपाल बस्नेत २०७४ मै देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय सभामा सिफारिस भएका थिए । तर, राष्ट्रपतिबाट मनोनित गरिएको थिएन । युवराज शर्मा काँग्रेस बाँकेका पूर्व सभापति हुन् । काँग्रेसले लुम्बिनी प्रदेशबाट बाँकेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी बाँकेका पुराना काँग्रेस नेता हुन् । शर्मा नेपाली काँग्रेस बाँकेका पुर्वसभापति समेत हुन् ।