नेपालगन्ज २० पुष : नेपाली काँग्रेस बाँकेको सभापति बन्ने दौडमा रहेका काँग्रेस बाँकेका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।
कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।
२०६१ सालमै क्षेत्रीय सभापति बनेका गौडेलसंग जिल्ला कार्यसमितिमा सहसचिव भएको अनुभव पनि छ । उनी २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । उनी २०५६ सालमै क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको सदस्य थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा उनी केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए ।
जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए । हाल महासमिति सदस्यका रुपमा क्रियाशील गौडेल १३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । यसपटक सभापति बनेर बाँके काँग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।
नेपाली काँग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका अनुभव बोकेका गौडेल सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य उनी कोहलपुर बसपार्क सुधार समितिको अध्यक्ष समेत भए । कोहलपुर एफएमको सञ्चालक सदस्यका रुपमा रहँदै सञ्चार क्षेत्रमा पनि योगदान पुर्याएका गौडेलले दिब्य विद्या सदन माविको अध्यक्ष भएर पनि काम गरे ।
तर, जनताको अभिभावकका रुपमा भूमिका निभाउन उनले पटक्कै छाडेनन् । जनताको सुखदुःखमा उनी सधैं संगै हुन्छन् । उनको यही छविका कारण काँग्रेस नेता कार्यकर्तामाझ उनी लोकप्रिय छन् । जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।
उनलाई कडा यातना दिइएको थियो । १० बर्षे द्वन्दकालमा कांग्रेसको संगठनलाई चुस्त दुरुस्त राख्दै कार्यकर्तालाई संरक्षण गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यकर्ताहरु स्मरण गर्छन् । त्यस क्रममा उनले माओवादीबाट थुप्रै यातना व्यहोरेका थिए । तर, जनताको अभिभावकका रुपमा भूमिका निभाउन उनले पटक्कै छाडेनन् । जनताको सुखदुःखमा उनी सधैं संगै हुन्छन् । उनको यही छविका कारण काँग्रेस नेता कार्यकर्तामाझ उनी लोकप्रिय छन् ।
निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् । उनी भन्छन्–‘पार्टीको संगठनलाई चुस्तदुरुस्त र मर्यादित बनाउन पार्टीको पूर्णकालीन सदस्यको रुपमा निरन्तर कार्य गर्दै आएको छु, आगामी दिनमा पनि नेपाली काँग्रेसको सिद्धान्त र आदर्शलाई साकार पार्नका लागि पार्टीले खटाएको काममा सक्रिय रहँदै निमुखा जनताको न्याय, स्वाभिमान र स्थानीय विकासका निम्ति काम गर्नेछु ।’
काँग्रेस बाँकेलाई पुरानै शाखमा फर्काउन सुदृढ, गतिशील र सक्षम कांग्रेस बनाउने आफ्नो अठोट रहेको गौडेल बताउँछन् । सबै तहका निर्वाचनमा पार्टीलाई जिताउँदै जिल्लामा पार्टीलाई एक नम्बर बनाउने आफ्नो संकल्प रहेको गौडेलको भनाई छ । निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् ।
सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका द्वन्दपीडितलाई काँग्रेसमा जोड्ने बताए । उनले आफ्नो प्यानल निर्वाचित भएपछि किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर सबैको प्रतिनिधित्व हुने बताएका छन् ।
‘सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रिय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा काँग्रेसको चारतारे झण्डा फर्फराउनेछौं,’ उनले भने । काँग्रेसभित्र घात–अन्तरघात गर्ने कसैलाई पनि आफूले बाँकी नराख्ने र पहिलो निर्णयबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता उनले जनाएका छन् । उनले पौष २७ गते हुने जिल्ला अधिवेशनमा आफू र आफ्नो समूहलाई विजयी बनाई सहयोग गर्न सबैलाई अपील समेत गरेका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी