नेपालगन्ज २१ पुष : बाँके सहित १६ जिल्लाको काँग्रेस निर्वाचन फेरि स्थगित भएकोछ ।
राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बाँकेसहित १६ जिल्लामा हुन लागेको काँग्रेसको जिल्ला निर्वाचन फेरि स्थगित गरिएको हो ।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ती जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।
आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । समितिका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तीमा स्थगित भएको उक्त निर्वाचन अब माघ १५ गते शनिबार हुने उल्लेख छ ।
बाँकेसहित १६ जिल्लाको निर्वाचन यसअघि पनि प्रदेश तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थगित भएको थियो । बाँके लगायत १६ जिल्लाको निर्वाचन यही पुस २७ गते तोकिएको थियो ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह