बाँके काँग्रेससहित १६ जिल्लाको निर्वाचन पुनः स्थगित


बाँके काँग्रेससहित १६ जिल्लाको निर्वाचन पुनः स्थगित

नेपालगन्ज २१ पुष : बाँके सहित १६ जिल्लाको काँग्रेस निर्वाचन फेरि स्थगित भएकोछ ।

राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बाँकेसहित १६ जिल्लामा हुन लागेको काँग्रेसको जिल्ला निर्वाचन फेरि स्थगित गरिएको हो ।

नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ती जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । समितिका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तीमा स्थगित भएको उक्त निर्वाचन अब माघ १५ गते शनिबार हुने उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेसहित १६ जिल्लाको निर्वाचन यसअघि पनि प्रदेश तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थगित भएको थियो । बाँके लगायत १६ जिल्लाको निर्वाचन यही पुस २७ गते तोकिएको थियो ।