नेपालगन्ज २३ पुष : लुम्बिनी नेपाली काँगे्रसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताएका हुन् ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा बताएका हुन् । उनले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताए ।
‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भने ।
पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्येनजर गर्दै नेपाली काँग्रेसले लोकतान्त्रिक पद्धतिबाट अभिवेशन गरेको बताए । उनले भने, ‘हाम्रो पाटी भनेको अरुलाई सिकाउने पाटी हो । हामी अरुभन्दा फरक ढंगले हिँड्नु पर्दछ । हामीले ४ करोड जनतालाई केन्द्रविन्दू बनाएर अबको बाटो के हो भनेर लाग्नु पर्छ । हामीले के ग¥यो, के गर्न सक्यो र के गर्न सक्छौं भनेर सोच्नु पर्दछ ।’
हालै सम्पन्न काँग्रेस १४ औं महाधिवेशनका बारेमा बोल्दै पुनले नेपाली काँग्रेसको अधिवेशन लोकतान्त्रिक भएका कारण अधिवेशन जसरी सम्पन्न भए पनि जितेर आउने साथीहरुले नेपाली काँग्रेसको हित सोँचेर सबैलाई समान व्यवहार देखाउनु पर्ने तर्क ब्यक्त गरे ।
‘लोकतन्त्रभित्र लोकतान्त्रिक पद्दती मान्नुपर्छ । जसमा प्रतिस्पर्धा पनि हुन्छ । सर्वसम्मत पनि हुन्छ । अबको अधिवेशन सकिएपछि हामी एक ढिक्का भएर लुम्बिनी काँग्रेसलाई अगाडि र मजबुद बनाएर लग्नुपर्छ,’ पुनले जोड दिए । पुनले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै भने आज म जे छु नेपाली काँग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसील कोइरालाको सादगिय जीवनशैली र राजनीतिबाट प्रभावित भएको ब्यक्ति हुँ । उनले भने स्व. सुशील कोइरालाको सम्झानामा रोल्पामा सुशील स्मृति भवन बनाएको छु । करिब दुई करोडको लागतमा सुशील कोइरालाको शालिकसहितको भवन बनाएको बताउँदै उक्त भवन निर्माणका लागि बाँकेबाट पनि ठूलो सहयोग रहेको बताए ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँगे्रस गठबन्धनलाई निर्वाचित गराउन प्रेस युनियनको सक्दो भूमिका रहने बताए ।
उनले कार्यक्रममा प्रेस युनियनले शुरु गरेको पत्रकार कल्याण कोषका बारेमा चर्चा गर्दै उक्त कल्याण कोषमा सहयोग गर्न अपील पनि गरे । उनले समग्र पत्रकारहरुलाई समस्या परेको बेला सहयोग प्रदान गर्ने हेतुले कोष प्रभावकारि हुने भएकाले यसको निरन्तरतामा युनियन कटिबद्ध रहेको बताए ।
पत्रकार भेटघाटका क्रममा युनियन बाँके अध्यक्ष ओलीले काँग्रेस लुम्बिनी प्रदेश सभापति पुन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदार बाँकेका काँग्रेस पूर्व सभापति युवराज शर्मालाई खादा ओढाएर शुभकामाना समेत दिए । सो क्रममा युनियन बाँकेले पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर अंकित मायाको चिनो काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनलाई प्रदान गरेका थिए ।
नेपाल प्रेस युनियन बाँकेको आयोजनामा भएको पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, बाँके क्षेत्र नम्बर १का क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु टेकनारायण भुषाल, दिक्षा कोइराला, परमेश्वरी पाठक, कृष्णा सापकोटा, अञ्जना पाण्डे, काँग्रेस जिल्ला सदस्यद्वय नारायण गौडेल र चिन्तामणी धिताल तथा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख का अध्यक्ष बलराम शर्मा लगायतको उपस्थिती रहेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी