माघी ईभमा नेपाली रैथाने खाना प्रवर्द्धन गर्दै पौवा


माघी ईभमा नेपाली रैथाने खाना प्रवर्द्धन गर्दै पौवा

नेपालगन्ज २३ पुष : नेपाली परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उद्देश्यसहित स्थापना भएको होटल पौवाले माघीका अवसरमा ‘माघी स्वादउत्सव’ सहित सांगितिक कार्यक्रम गर्ने भएकोछ । माघी इभको सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली परम्परागत खाना पस्कने गरि विशेष पर्वका रुपमा माघी मनाउने तयारी गरिएको होटल पौवाले जानकारी दिएको छ ।

माघे संक्रान्तिको पूर्व संन्ध्यामा माघी पर्वको स्वादउत्सव सहित विशेष साँस्कृतिक कार्यक्रम गरि माघीलाई स्वागत गर्न थालिएको पौवाका प्रबन्धक निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा पुष मसान्तको साँझ आयोजना हुने माघी इभमा भुमिपुत्र थारु समुदायको परिकारहरु चखाउनुका साथै विशेष साँस्कृतिक कार्यक्रम हुने प्रवन्ध निर्देशक ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रममा दाङका थारु कलाकारको परम्परागत साँस्कृतिक कार्यक्रमहरु सहित चर्चित लोकगायक पशुपति शर्मा र राधिका हमालको समेत बेजोड प्रस्तुती रहने पौवाका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए ।भण्डारीका अनुसार माघ १ गतेका दिन मगर समुदायको बाहुल्यता रहेको पाल्पाको तानसेन र रुपन्देहीको तिलोत्तमामा रहेको पौवाका शाखाहरुमा मगर परिकारहरु सहित पाहुनालाई स्वागत गरिने छ । मगर पहिरनमा सहजिएका पौवाका कर्मचारीहरुले आदीबासी जनजातीका साँस्कृतिक पहिचान प्रदर्शन गर्नेछन् ।

यस्तै माघ १ गते नै रुपन्देहीको भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, दाङको घोराही र लमही तथा कैलालीको धनगढीमा थारु संस्कृतिमा आधारित परिकारहरुको प्रदर्शनी तथा स्वाद पस्कने कार्यक्रम राखिएको आयोजक होटल पौवाले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरि कर्णालीको जुम्ला र गुल्मीको रेसुङ्गामा स्थानीय परिकारको स्वाद उत्सव गरि माघ १ गतेको पर्व उत्साहजनकरुपमा मनाउने तयारी गरिएको छ । होटल पौवाका प्रवन्ध निर्देशक ज्ञवालीले नेपाली खानालाई प्रबर्द्धन गर्दै अन्तर्राष्ट्रियकरण गर्नका लागि माघी ईभको आयोजना गर्न लागिएको बताए । यसका लागि विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरिएको ज्ञवालीले जानकारी दिए । हालै पौवाले लञ्च गरेको चिकन मरौठी स्वादपारखीको मनमा बस्न सफल भएको उनको दाबी छ ।

पौवाका अनुसार स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका भालुवाङ, लमही, घोराही, भैरहवा, बुटवल, गोरुसिङ्गे, तानसेन, रेसुङ्गामा शाखा विस्तार भएको छ भने सुदुर पश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लामा पनि पौवाले सेवा दिँदै आएको छ । यसैगरि गण्डकी प्रदेशको राजधानी पोखरा र बाग्मति प्रदेशको चितवन टाडीमा सेवा बिस्तारको तयारि भैरहेको पौवाले जनाएको छ ।

पौवाले चिसो मौसममा ग्राहलाई न्यानो आतिथ्यता प्रदान गर्न पुस १५ देखि फागुन १ गते सम्म चल्ने ‘निःशुल्क कफि अफर’ समेत सञ्चालन गरेको छ । हालसम्म नेपालमा १० वटा सञ्चालनमा रहेको र २ वटा बिस्तारको चरणमा रहेको पौवाले मिसन हन्ड्रेड कार्यक्रम अन्तर्गत शाखा बिस्तार गर्दै लैजाने ज्ञवालीले बताए । बुटवल शाखा प्रबन्धक निशान खरेलले पौवाले गुणस्तरीय सेवा दिएर छोटो समयमा सेवाग्राहीको मन जित्न सफल भएको बताए ।