नेपालगन्ज २४ पुष : नेपाल निजामती कर्मचारी युनियन बाँकेले नयाँ नेतृत्व चयन गरेकोछ । कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धबप्रसाद श्रेष्ठ निर्वाचित भए । उनले निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतले पराजित गरे । उनी यसअघि कार्यवहाक अध्यक्ष थिए ।
श्रेष्ठले २०६ मत र उपाध्यायले १३९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य बाहेक सबै पदमा श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ ।
शुक्रबारदेखि शुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । केही पदहरुमा भने निर्विरोध भइसकेको थियो । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी थिइन् ।
खुला उपाध्यक्षमा बेदेश्वर गौतम १८९ मतका साथ निर्वाचित भए । उनलका प्रतिद्वन्दी पिताम्बर आचार्यले १३९ मत पाए । समावेशी उपाध्यक्षमा सुरेन्द्रकुमार गुप्ताले १९१ मत ल्याएर निर्वाचित भ एभने उनका प्रतिद्वन्द्वी दयाराम चौधरीले १५२ मत पाए छ ।
यस्तै सचिवमा पवन बुढाले १९४ मत पाउँदै निर्वाचित भए । भने उनका प्रतिद्वन्दी लोकेन्द्र चन्दले १३९ मत पाए । कोषाध्यक्षमा श्यामबहादुर शाहीले १९१ मत पाउँदै निर्वाचित भए । उनका प्रतिद्वन्दी रमेशकुमार रेग्मीको ११५ मत पाए ।
यसैगरि चार जना निर्वाचित हुने खुला सदस्यहरुमा दीपकुमार मल्ल, भिम बहादुर ठाडामगर, पवनराज भट्ट र प्रकाश पाण्डे निर्वाचित भए । ठाडा मगर भने उपाध्याय प्यानलका हुन् । दुई जना निर्वाचित हुने समावेशी सदस्यमा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भए । केन्द्रिय प्रतिनिधि खुलामा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए । शनिबार विहान १० बजेदेखि शुरु भएको मतदान बेलुकी ४ बजे सकिएको थियो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो ।
एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका थिए । महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी थिइन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका थिए ।