एमाले बाँकेको नेतृत्व चयनमा विवाद, सहमति जुटाउने प्रयास जारी


एमाले बाँकेको नेतृत्व चयनमा विवाद, सहमति जुटाउने प्रयास जारी

File Photo

नेपालगन्ज २४ पुष : नेकपा एमाले बाँकेको आठौं जिल्ला अधिवेशनमा नेतृत्व चयन गर्दा विवाद भएकोछ । अधिवेशनमा अध्यक्ष मण्डलले जिल्ला सुरुमा पदाधिकारीको नाम प्रस्ताव गरेपछि असहमती जनाउँदै केहीले उम्मेदवारी दिएपछि प्रक्रिया लम्बिएको हो ।

एमालेका केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दीपा शर्मा अध्यक्ष मण्डलमा छन् । अध्यक्ष मण्डलले एमाले बाँकेको अध्यक्षका लागि किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री र उपसचिवमा दिपककुमार बर्मा तथा भुमिसरा धितालको नाम प्रस्ताव गरेपछि अन्य आकांक्षीले असहमती जनाएका छन् ।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष समेत रहेका अध्यक्ष पदका आकांक्षी निरक गुरुङ, उपाध्यक्षका आकांक्षी घननाथ खनाल र सचिवका आकांक्षी बलराम भट्टराई लगायतले अध्यक्ष मण्डलको उक्त प्रस्तावमा ठाडै असहमती जनाउँदै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

वर्तमान गुरुङ माधव नेपाललाई छाडेर एमालेमै बसेका उनलाई १० बुँदे अनुसार दुई महिना अघि अध्यक्ष बनाइएको थियो । उनी त्यसअघि उपाध्यक्ष थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

अध्यक्ष मण्डलका अध्यक्ष एवम् केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले प्रस्ताब गरेको नाममा सहमति हुन नसकेपछि आईतबार विहान ९ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुने जनाइएको छ ।

‘माथीबाट केपी बाको ठाडो निर्देशन छ, उहाँको निर्देशन अनुसार नै अध्यक्ष मण्डलले नामहरु प्रस्ताव गरेको हो,’ एक नेताले भने । ब्यक्तिको ईच्छा अनुसार पद बाडफाँट गर्दा पार्टीभित्र नराम्रो संस्कार बस्ने एमाले नेताहरु बताउँछन् । सहमतिका लागि प्रयास जारी रहेको बताइएको छ ।

योसंगै नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन लम्बिएको छ । पुष २३ र २४ गतेका लागि तय भएको अधिवेशनमा सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको हो । शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । शुक्रबार साँझदेखि शनिवार दिनभर सहमतिका लागि प्रयास भएपनि अझै अन्तिम टुंगो लाग्न सकेको छैन ।