File Photo
नेपालगन्ज २६ पुष : गणतन्त्रपश्चात पहिलो पटक राजा ज्ञानेन्द्र सिंहदरबार जाँदैछन् । भोली मङ्गलबार राजा ज्ञानेन्द्र सिंहदरबार जाने भएका हुन् ।
राजा ज्ञानेन्द्र पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जान लागेका हुन् ।
उनी सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको राजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मङ्गलबार मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।
मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?