भोली सिंहदरबार जाँदै राजा ज्ञानेन्द्र


भोली सिंहदरबार जाँदै राजा ज्ञानेन्द्र

File Photo

नेपालगन्ज २६ पुष : गणतन्त्रपश्चात पहिलो पटक राजा ज्ञानेन्द्र सिंहदरबार जाँदैछन् । भोली मङ्गलबार राजा ज्ञानेन्द्र सिंहदरबार जाने भएका हुन् ।

राजा ज्ञानेन्द्र पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जान लागेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको राजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मङ्गलबार मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।