नेपालगन्ज २६ पुष : भोली मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा लगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेका थिए । सो क्रममा देउवाले बिदा दिनेबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर निर्णय गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै निर्णय आएको छैन । बिदा बारे मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्नुपर्नेमा प्रधानमन्त्री नै कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टिनमा बसेपछि बैठक बस्नेबारे नै अन्योल छ ।
राप्रपा नेता मोहन श्रेष्ठले बिदा दिनेबारे ज्ञापनपत्र बुझाउने बेला छलफल गरेर निष्कर्षमा पुगिने आश्वासन दिइए पनि यसबारे प्रगति भने नदेखिएको बताए ।
गणतन्त्रपछि छिटपुट रुपमा बाहेक सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छैन । पृथ्वी जयन्तीमा राजावादी सहितका कतिपय दलले बिदाको माग गर्दै आएपनि कतिपय जनजाति अगुवाहरुले भने बिदा दिन नहुने धारणा राख्दै आएका छन् । उनीहरुले पुस २७ गते ‘एकता दिवस’ नभइ ‘दमन दिवस’ को रुपमा समेत टिप्पणी गर्दै आएका छन् ।
यस्तै पृथ्वी जयन्तीको अवसरमा आधा दर्जन बढी स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, तनहुँको दुधेगौंडा नगरपालिका, ऋषिङ गाउँपालिका, स्याङ्जाको वालिङ नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिकाले सार्वजनिक बिदाको निर्णय गरिसकेका छन् । यस्तै राप्रपाले जितेको अन्य स्थानीय तहमा पनि बिदा दिइने बताइएको छ । राप्रपाले झापामा दुई स्थानीय तह, बाँकेमा १ र धादिङमा एक स्थानीय तहमा जित हासिल गरेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी