३०० औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै, नेपालगन्जका ३ वडामा सार्वजनिक विदा


३०० औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै, नेपालगन्जका ३ वडामा सार्वजनिक विदा

नेपालगन्ज २७ पुष : आज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालगन्जसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।

सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न सिंहदरबार जाने कार्यक्रम रहेको छ । विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्यपी केही स्थानीय तहहरुले बिदा दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाका ३ वटा वडामा सार्वजनिक विदा दिइएकोछ । राप्रपाले जितेका नेपालगन्जका ३ वटा वडामा सार्वजनिक विदा दिइएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, ५ र ८ नम्बर वडामा आज सार्वजनिक विदा दिइएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा भने राप्रपाका महामन्त्रीसमेत रहेका डाक्टर धवलशमशेर राणा छन् । देशका अन्य स्थानीय तहमा राप्रपाले नेतृत्व गरिरहँदा बाँकेको नेपालगन्जमा मेयर राणाले पृथ्वी जयन्तीका अवसरमा न त विदा दिन सके न त औपचारिक कार्यक्रम नै गर्न सकेकाछन् ।