उपाधीका लागि रोयल र नेपालगन्ज भिड्दै


उपाधीका लागि रोयल र नेपालगन्ज भिड्दै

नेपालगन्ज २७ पुष : नेपालगन्ज रङ्गशालामा जारी बाँके जिल्ला ब्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि रोयल नेपालगन्ज फुटबल क्लब र नेपालगन्ज स्पोर्टिङ क्बलबीच प्रतिस्प्रर्धा हुनेछ ।

दुबै क्लबले टिममा जिल्ला बाहिरका खेलाडीलाई अनुबन्धित गरेर खेलाएका छन् । दुबै टिममा अनुभव र क्षमतावान खेलाडी भएका कारण फाइनल खेल दर्शकहरुका लागि रोमाञ्चक बन्न सक्नेछ ।

नकआउट फुटबलमा थोरै टिमले भाग लिए पनि यसलाई बाँके जिल्ला फुटबल संघले घरेलु फुटलबको स्तर बढाउन केन्द्रित गरेको छ ।

च्याम्पियन हुने टोलीले जिल्ला लिग खेल्ने अवसर पाउने भएकोले यस प्रतियोगिता क्लबका लागि महत्वपुर्ण भएको बताउँछन बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताको फाइनलसम्म पुग्दा रोयलको यात्रा सहज रहयो । उसले सिटी युथ क्लब कोहलपुरलाई ७–० ले हराउँदैं फाइनलमा पुगेको हो । जुन खेलमा रोयलले पहिलो मिनेटमा गोल गरेदेखी खेलको अन्त्यसम्म गोल गरिरहेको थियो । खेलमा कुनै पनि समय रोयलका खेलाडीलाई चुनौति महशुस भएन ।

यता नेपालगन्ज स्पोटिङ दुइ खेल जितेर फाइनलमा पुगेको हो । फाइनल सम्म पुग्दा स्पोटिङलाई भने दुबै खेल चुनौतिपुर्ण थिए । पहिलो खेलमा त जित हात पार्न स्पोटिङले पेनाल्टी सुटआउट सम्म पर्खनु परेको थियो । एफसी सघांरीले कडा टक्कर दिएको पहिलो खेलमा स्पोटिङलाई । पहिलो खेलको तुलनामा केहि सहज भएको दोस्रो खेलमा भने स्पोटिङले सिद्धार्थ युथ क्लब कोहलपुरलाई २–० ले हराएको थियो ।