नेपालगन्ज २७ पुष : नेपालगन्ज रङ्गशालामा जारी बाँके जिल्ला ब्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि रोयल नेपालगन्ज फुटबल क्लब र नेपालगन्ज स्पोर्टिङ क्बलबीच प्रतिस्प्रर्धा हुनेछ ।
दुबै क्लबले टिममा जिल्ला बाहिरका खेलाडीलाई अनुबन्धित गरेर खेलाएका छन् । दुबै टिममा अनुभव र क्षमतावान खेलाडी भएका कारण फाइनल खेल दर्शकहरुका लागि रोमाञ्चक बन्न सक्नेछ ।
नकआउट फुटबलमा थोरै टिमले भाग लिए पनि यसलाई बाँके जिल्ला फुटबल संघले घरेलु फुटलबको स्तर बढाउन केन्द्रित गरेको छ ।
च्याम्पियन हुने टोलीले जिल्ला लिग खेल्ने अवसर पाउने भएकोले यस प्रतियोगिता क्लबका लागि महत्वपुर्ण भएको बताउँछन बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही ।
प्रतियोगिताको फाइनलसम्म पुग्दा रोयलको यात्रा सहज रहयो । उसले सिटी युथ क्लब कोहलपुरलाई ७–० ले हराउँदैं फाइनलमा पुगेको हो । जुन खेलमा रोयलले पहिलो मिनेटमा गोल गरेदेखी खेलको अन्त्यसम्म गोल गरिरहेको थियो । खेलमा कुनै पनि समय रोयलका खेलाडीलाई चुनौति महशुस भएन ।
यता नेपालगन्ज स्पोटिङ दुइ खेल जितेर फाइनलमा पुगेको हो । फाइनल सम्म पुग्दा स्पोटिङलाई भने दुबै खेल चुनौतिपुर्ण थिए । पहिलो खेलमा त जित हात पार्न स्पोटिङले पेनाल्टी सुटआउट सम्म पर्खनु परेको थियो । एफसी सघांरीले कडा टक्कर दिएको पहिलो खेलमा स्पोटिङलाई । पहिलो खेलको तुलनामा केहि सहज भएको दोस्रो खेलमा भने स्पोटिङले सिद्धार्थ युथ क्लब कोहलपुरलाई २–० ले हराएको थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे