मेल्भिनको जन्मोत्सवमा जेष्ठ नागरिकलाई कम्बल वितरण


मेल्भिनको जन्मोत्सवमा जेष्ठ नागरिकलाई कम्बल वितरण

नेपालगन्ज २८ पुषः लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको हो ।

सामाजिक कार्यका लागि विश्वभर प्रख्यात संस्था लायन्स क्लब इन्टरनेसनल । जसले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिरहेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पुर्व अध्यक्ष सावित्री बस्नेतले बताइन् । विश्वभरमा केल्भिनको जन्मोत्सवमा सामाजिक काम गर्ने गरिएको उनले जानकारी दिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीको प्रथम उपाध्यक्ष सुस्मा सुवेदी, मेल्भिन जोनको सप्ताह व्यापी कार्यक्रम संयोजक संजय थापा, लायन्स क्लब अफ नेपालगन्जको पुर्व अध्यक्ष एवम् महिला नेतृत्व विकास विभाग प्रमुख सावित्रा बस्नेत, भेरीकै पुर्व अध्यक्ष सरस्वती शर्मा, आभा गौतम, निर्वतनमान प्रथम महिला सावित्रा शर्मा, जोन चियर पर्शन भगवती भण्डारी, रिजन चियर पर्सन सुनिता पाण्डे लगायतको उपस्थितीमा कम्बल प्रदान गरिएको थियो ।