प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाय सर्वसम्मत


प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाय सर्वसम्मत

नेपालगन्ज २८ पुष : प्रेस चौतारी नेपाल, बाँकेको ९ औं अधिवेशनबाट पत्रकार दुर्गा रोकायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकोछ ।

प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाय सर्वसम्मत चयन भएका हुन् । उनी एभिन्युज टेलिभिजन क्षेत्रीय व्युरो कार्यालय नेपालगन्जका व्युरो प्रमुख हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रेस चौतारी बाँकेको आज सम्पन्न ९ अधिवेशनबाट सर्बसम्मत बनेको कार्यसमितीको उपाध्यक्षमा बिनोद भट्टराई, उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्र पौडेल र भगतराम थारु तथा कोषाध्यक्षमा जियाउल मुस्ताफालाई चयन गरेकोछ ।

यस्तै कार्यसमिती सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दीपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसि, गोपाल ओली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसि, कृष्ण चौधरी, धना केसि, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, बिजय परियार र जागेश्वर थारु सहित २७ जनाको जिल्ला कार्यसमिति चयन गरिएको छ ।