नेवाः पुचः बाँकेको अध्यक्षमा जितेन्द्र निर्विरोध


नेवाः पुचः बाँकेको अध्यक्षमा जितेन्द्र निर्विरोध

नेपालगन्ज २८ पुष : नेवाः पुचः बाँकेको अध्यक्षमा जितेन्द्र कुमार जोशी निर्विरोध चयन भएकाछन् । नेपालगन्जमा सम्पन्न नेवाः पुचः बाँकेको ७ औं अधिवेशन तथा साधारण सभाबाट जितेन्द्र अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष नन्दकला श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनबाट १३ कार्यसमिति चयन गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेवाःको उपाध्यक्षमा हरिशचन्द श्रेष्ठ, सचिवमा विवेक कुमार श्रेष्ठ, सहसचिवमा शिला श्रेष्ठ र कोषाध्यक्ष विनय श्रेष्ठ चयन भएकाछन् ।

यस्तै सदस्यहरुमा मञ्जुषा श्रेष्ठ, देवेन्द्रमान श्रेष्ठ, अर्चना श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, चन्दबहादुर श्रेष्ठ, पदम श्रेष्ठ र किरण श्रेष्ठ निर्विरोध चयन गरिएको छ ।