नेशनल प्याब्सनद्वारा शिक्षक सम्मान


नेशनल प्याब्सनद्वारा शिक्षक सम्मान

नेपालगन्ज २८ पुष : बाँकेको खजुरा गाउँपालिकाका १२ जना शिक्षक सम्मानित भएका छन् ।

नेशनल प्याब्सनको २४ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्याब्सन खजुराले गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयका ती शिक्षकलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष, प्रमुख अतिथि लगायतले शिक्षक, शिक्षिकालाई सम्मान गरेका हुन् ।

त्यस्तै कार्यक्रममा धुर्वतारा बोर्डिङ स्कुलका प्रध्यानाध्यापक प्रदीप खनालको उपचारका लागि पनि आर्थिक सहयोग गरिएको छ । विभिन्न विद्यालयस्तरबाट संकलन गरिएको २९ हजार रुपैयाँ खनाललाई प्रदान गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा शाखा प्रमुख मल्लले विद्यालयका शिक्षक शिक्षिकाको मनोवल बढाउन प्रोत्साहन कार्यक्रमले सहयोग पुग्ने बताए । उनले सबै विद्यालयका शिक्षक, शिक्षिकालाई शिक्षाण शिकाई तालिम प्रदान गरेर शिक्षामा गुणस्तर बढाउन लाग्नु पर्ने बताए ।