नेपालगन्ज २८ पुष : बाँकेको खजुरा गाउँपालिकाका १२ जना शिक्षक सम्मानित भएका छन् ।
नेशनल प्याब्सनको २४ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्याब्सन खजुराले गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयका ती शिक्षकलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष, प्रमुख अतिथि लगायतले शिक्षक, शिक्षिकालाई सम्मान गरेका हुन् ।
त्यस्तै कार्यक्रममा धुर्वतारा बोर्डिङ स्कुलका प्रध्यानाध्यापक प्रदीप खनालको उपचारका लागि पनि आर्थिक सहयोग गरिएको छ । विभिन्न विद्यालयस्तरबाट संकलन गरिएको २९ हजार रुपैयाँ खनाललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा शाखा प्रमुख मल्लले विद्यालयका शिक्षक शिक्षिकाको मनोवल बढाउन प्रोत्साहन कार्यक्रमले सहयोग पुग्ने बताए । उनले सबै विद्यालयका शिक्षक, शिक्षिकालाई शिक्षाण शिकाई तालिम प्रदान गरेर शिक्षामा गुणस्तर बढाउन लाग्नु पर्ने बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?