माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई आयोगले दियो दबाव


माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई आयोगले दियो दबाव

नेपालगन्ज ३० पुष : निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि माघ पहिलो हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दवाव दिएकोछ ।

आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् ।

सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा हुनुपर्ने बताएका हुन् ।

निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया शुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । यस्तै राष्ट्रियसभा चुनावको तयारी पनि अन्तिम अन्तिममा रहेको छ । स्थानीय तहको चुनावका लागि ठोस रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता आयोगले शुक्रबारको सर्वदलीय बैठकमा औंल्याएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ ।

आयुक्त थपलियाले निर्वाचन कानून अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताए ।

आयोगले निर्वाचन कानून अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो ।