हाईमाष्ट लाईटको उज्यालोमा चम्किनेछ तेजनगर


हाईमाष्ट लाईटको उज्यालोमा चम्किनेछ तेजनगर

नेपालगन्ज ३० पुष : नेपालगन्जको तेजनगरमा हाइमास्ट जडान हुने भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ तेजनगरमा हाईमाष्ट लाईट जडानका लागि शुक्रबार वडाअध्यक्ष दीपक बर्माले शिलान्याश गरेका छन् ।

वडा अध्यक्ष वर्माले हाईमाष्टलाईट जडानका लागि वडा कार्यालयबाट ८ लाख २५ हजार विनियोजन गरिएको बताए ।

चालु आवमा तेजनगरमा २३ लाखको लागतमा सडक कालोपत्रे र दुई वटा सडक पिसिसी गरिएको जानकारी दिदैं वडा अध्यक्ष बर्माले वडाको थप विकास निर्माणका लागि पहल भईरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि कारकादोंमा वडा कार्यालयको लागतमा २ वटा हाईमाष्ट लाईट जडान भईसकेको छ । विकास प्रेमी वडा अध्यक्षले नेतृत्व पाएसंगै वडाका विकास निर्माण र समस्या समाधानमा अग्रसर भएपछि वडाबासीबाट स्याबासी समेत पाइरहेकाछन् ।