नेपालगन्ज ३० पुष : नेपालगन्जको तेजनगरमा हाइमास्ट जडान हुने भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ तेजनगरमा हाईमाष्ट लाईट जडानका लागि शुक्रबार वडाअध्यक्ष दीपक बर्माले शिलान्याश गरेका छन् ।
वडा अध्यक्ष वर्माले हाईमाष्टलाईट जडानका लागि वडा कार्यालयबाट ८ लाख २५ हजार विनियोजन गरिएको बताए ।
चालु आवमा तेजनगरमा २३ लाखको लागतमा सडक कालोपत्रे र दुई वटा सडक पिसिसी गरिएको जानकारी दिदैं वडा अध्यक्ष बर्माले वडाको थप विकास निर्माणका लागि पहल भईरहेको बताए ।
यसअघि कारकादोंमा वडा कार्यालयको लागतमा २ वटा हाईमाष्ट लाईट जडान भईसकेको छ । विकास प्रेमी वडा अध्यक्षले नेतृत्व पाएसंगै वडाका विकास निर्माण र समस्या समाधानमा अग्रसर भएपछि वडाबासीबाट स्याबासी समेत पाइरहेकाछन् ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ