मेल्भिनको जन्मोत्सवमा डिष्ट्रिक गर्भनरको उम्मेदवारी घोषणा

बाँकेका मुकुट फस्ट भाइस डिष्ट्रिक गर्भनरको उम्मेदवार


मेल्भिनको जन्मोत्सवमा डिष्ट्रिक गर्भनरको उम्मेदवारी घोषणा

नेपालगन्ज ३० पुष : लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोनको १ सय ४३ औं जन्मोत्सवको अवसर पारेर प्रथम भ्वाइस डिष्ट्रिक गर्भनर पदको उम्मेदवारी घोषणा गरिएको छ । एरिया चिफ लायन्स होमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारी घोषणा गरिएको हो ।

मेल्भिन जोनको जन्मोत्सवको अवसर पारेर डिष्ट्रिक ३२५ एन नेपालको डिष्ट्रिक गर्भनर पदमा लायन एमजेएफ सिबी चन्द, डिष्ट्रि«क ३२५ एन नेपालको फस्ट भाइस डिष्ट्रि«क गर्भनरमा लायन एमजेएफ मुकुट ढकाल, डिष्ट्रिक ३२५ एन नेपालको सेकेन्ड भाइस डिष्ट्रिक गर्भनरमा लायन एमजेएफ बिनोद कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

लायन्स क्लब इन्टरनेसनलको नयाँ नेतृत्व चयनका लागि आगामी फागुन ७ गते चितवनमा १० औं अधिवेशन हुँदैछ । जसमा लायन्समा आबद्ध करिब ३ हजारको उपस्थित रहने बताइएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक गर्भनरमा लायन एमजेएफ मुकुट ढकालले सामाजिक क्षेत्रमा गरेको योगदानका बारेमा लायन एवम नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगरले चर्चा गरेकी थिइन ।

Kids Festival 2022
kanti aarogya hospital

उम्मेदावारी घोषणा कार्यक्रममा गर्भनर पदका उम्मेदवार ढकालले सामाजिक क्षेत्रमा थप सक्रिय भएर काम गर्ने उद्देश्यले आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने,‘मलाई यस पदको उम्मेदवार बनाउन सहयोग गर्नु हुने सम्पुर्ण मेरा अग्रज, सहकर्मी र लायन्सका सम्पुर्ण मित्रहरुलाई म हृदयदेखी नै आभार प्रकट गर्न चाहन्छु । तपाईहरुको सहयोग र साथले मैले उम्मेदवारी दिने हिम्मत गरेको हु । मलाई आसा छ भविष्यमा सामाजिक क्षेत्रमा अझ धेरै काम गर्ने तपाईहरुले अवसर दिनु हुनेछ । त्यसका लागि सम्पुर्ण मेरा लायन्स मित्रहरुमा आभारी छु ।’

अन्य उम्मेदवारहरुले पनि आफ्नो प्रतिबद्धता प्रकट गर्दै लायन्सलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउन योगदान गर्ने बताएका थिए । जन्मोत्सव तथा उम्मेदवारी घोषणा कार्यक्रममा बाँके, बर्दिया, दाङ, जुम्लाबाट लायन्समा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरुलाई लायन्स संजय थापाले स्वागत गरेका थिए ।

लायन्स क्लबमा आवद्ध विभिन्न संगठनले मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा साताव्यापी रुपमा सामाजिक कार्य गर्दै जन्मोत्सव मनाएका थिए ।

मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिएको थियो ।