नेपालगन्ज २ माघ : नेपालगन्ज उप–महानगरपालिकाको १० औं नगरसभा आईतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ । नगरसभाले नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताए ।
कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उनले ५ वर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताए । उनले विकास कार्य निरन्तर चल्ने भन्दै चालु आवका कार्यक्रम छिटो भन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधी र कर्मचारीहरुमा आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कार्यपालिकाका प्रबक्ता वडाअध्यक्ष प्रमोद रिजालले गरेका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी