नेपालगन्ज ६ माघ : नेपालगन्जको तेजनगरमा हाईमास्टको शिलान्यास गरे लगत्तै वडाअध्यक्ष दीपक बर्माले कालोपत्रे सडकको शिलान्यास गरेकाछन् ।
गत हप्तामात्रै नेपालगन्जको तेजनगरमा वडाको लागतबाट निर्माण भइरहेको हामईमास्ट जडानका लागि उनले शिलान्यास गरे लगत्तै वडाभित्र भित्र अर्को सडक निर्माणका लागि आज उनले शिलान्यास गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ ‘अमरनगर’ टोलमा सिद्धार्थ भ्यूदेखि पूर्व कुखुरा फारम हुँदै लग्दहवा जोड्ने कालो पत्रे सडक निर्माणका लागि बिहीबार वडाअध्यक्ष बर्माले शिलान्यास गरेका हुन् ।
चालु आर्थिक वर्षमा वडा नम्बर–१८ भित्र पुर्वाधार बिकास तिब्र गतिमा अगाडी बढी रहेको बताउँदै वडा अध्यक्ष बर्माले यो हालसम्म ११ वटा पीसीसी सडक र तीन वटा कालो पत्रे सडक निर्माण सम्पन्न भइ सकेको बताए ।
वडाअध्यक्ष बर्माले बाँकी सडकहरुको ठेक्का प्रक्रियामा रहेको जानकारी दिदै चालु आर्थिक वर्षमा गरीब मधेसी तथा दलित बस्तीमा धारा जडान तथा घरेलु शौर्य सोलार जडान गरिने बताए ।
स्थानीय टोलबासीको बाक्लो उपस्थितिमा सडक शिलान्यास गरेका वडाअध्यक्ष बर्माले सडक निर्माण हुने भएपछि टोलबासी खुशी भएका थिए । सडक निर्माण हुने भएपछि वडाअध्यक्ष बर्मा र वडा सदस्य दिग्बिजय ढुंगानालाई स्थानीयबासी तथा टोल विकास समिति अध्यक्ष लगायतले दोसल्लाहा ओढाएर सम्मान गरेका थिए ।
थप समाचार
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे