नेपालगन्ज ८ माघ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगन्जस्थित गुरुद्धारालाई तलबभत्ता सहयोग गरेकाछन् ।
नगरप्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका नगरप्रमुख राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपैयाँ गुरुद्धारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरे ।
सो अवसरमा नगरप्रमुख राणाले आफनो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।
शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगन्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे