नेपालगन्ज ८ माघ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगन्जस्थित गुरुद्धारालाई तलबभत्ता सहयोग गरेकाछन् ।
नगरप्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका नगरप्रमुख राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपैयाँ गुरुद्धारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरे ।
सो अवसरमा नगरप्रमुख राणाले आफनो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।
शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगन्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताए ।