पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आईतबार देशभरका अदालत बन्द


पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आईतबार देशभरका अदालत बन्द

नेपालगन्ज ८ माघ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू बन्द हुने भएकाछन् ।

पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । उनको निधनको शोकमा भोली आईतबार देशभरका न्यायालयहरु बन्द हुने भएका हुन् ।

शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आईतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।

देशबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।