नेपालगन्ज ८ माघ : पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू बन्द हुने भएकाछन् ।
पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । उनको निधनको शोकमा भोली आईतबार देशभरका न्यायालयहरु बन्द हुने भएका हुन् ।
शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आईतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।
काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।
देशबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे