नेपालगन्ज ९ माघ: कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेका बेला राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु हुदैँछ । यही माघ १२ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि शुरु हुँदैछ ।
मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचारसहिता पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपर राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउन समेत निर्देशन दिइएको छ ।
निर्वाचन प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहिता अन्र्तगत एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न पाइदैन । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको उनले बताए ।
निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ । कोभिड महामारीको अवस्था रहेकाले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन आग्रह गरिएको उनले बताए ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस