नेपालगन्ज १२ माघ : नेपालको कुल जनसंख्या तीन करोड नपुगेको पाइएकोछ । यसअघि नेपालको जनसंख्या तीन करोड पुग्ने प्रक्षेपण गरिएको थियो ।
हालै सम्पन्न राष्ट्रिय जनगणनाको प्रतिबेदनले नेपालको कुल जनसंख्या तीन करोड नजिक पुगेको देखाएकोछ ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ छ ।
यसअघिको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे