नेपालगन्ज १२ माघ : नेपालको कुल जनसंख्या तीन करोड नपुगेको पाइएकोछ । यसअघि नेपालको जनसंख्या तीन करोड पुग्ने प्रक्षेपण गरिएको थियो ।
हालै सम्पन्न राष्ट्रिय जनगणनाको प्रतिबेदनले नेपालको कुल जनसंख्या तीन करोड नजिक पुगेको देखाएकोछ ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ छ ।
यसअघिको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।