बाघ दोब्बर पुर्याएको भन्दै बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार


बाघ दोब्बर पुर्याएको भन्दै बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

गुलरिया (बर्दिया) १३ माघ : बर्दिया राष्ट्रिय निकुञ्जलाई बाघको संख्या दोब्बर बनाए बापत विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले पुरस्कृत गर्ने भएकोछ ।

नेपालसहित भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघको संख्या दोब्बर बनाए बापत पुरस्कार जितेको छ ।

सन् २०१० यता जङ्गली पाटेबाघको संख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ ।

खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसरमा प्रदान गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

स्मरण रहोस् बर्दियाको खाता संरक्षण क्षेत्र लगायतका स्थानमा वर्षेनी बाघ आक्रमण बढ्दो छ । उक्त क्षेत्रमा बाघ आक्रमणमा परि मानिस तथा पशुचौपायाको ज्यान गएकोछ ।

सन् २००९ मा बर्दियामा बाघको संख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झण्डै ९० को हाराहारीमा पुगेको छ । अहिले नेपालमा चलिरहेको बाघ गणनाले यो संख्या बढ्ने आँकलन गरिएकोछ ।