File Photo
नेपालगन्ज १४ माघ : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्जले स्व. पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को दोश्रो पुण्य तिथीमा स्मृतिसभा गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्तको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चाचाजीको स्मृतिमा शनिबार कार्यक्रम गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको विषम परिस्थितिमा भब्य कार्यक्रम तय नगरिए पनि स्व. गुप्तको निवास परिसरमै स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए ।
लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा योगदान पुर्याएका गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे