स्वर्गीय पत्रकार पन्नालालको पुण्य तिथीमा स्मृतिसभा गरिने


स्वर्गीय पत्रकार पन्नालालको पुण्य तिथीमा स्मृतिसभा गरिने

File Photo

नेपालगन्ज १४ माघ : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्जले स्व. पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को दोश्रो पुण्य तिथीमा स्मृतिसभा गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्तको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चाचाजीको स्मृतिमा शनिबार कार्यक्रम गर्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमणको विषम परिस्थितिमा भब्य कार्यक्रम तय नगरिए पनि स्व. गुप्तको निवास परिसरमै स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए ।

लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा योगदान पुर्याएका गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो ।