प्रेस स्वतन्त्रता सेनानी गुप्तको दोश्रो पुण्य तिथीमा स्मृति सभा


प्रेस स्वतन्त्रता सेनानी गुप्तको दोश्रो पुण्य तिथीमा स्मृति सभा

नेपालगन्ज १५ माघ : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको दोश्रो वार्षिक पुण्य तिथीमा स्मृती सभा गरिएको छ ।

०७६ माघ १५ गते स्वर्गारोहण भएका बाँकेका वरिष्ठ पत्रकार गुप्तको स्मरणमा शनिबार स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्वारा कार्यक्रम गरिएको हो ।

स्वर्गीय गुप्ताको निवास परिसरमै आयोजित स्मृति सभामा हार्दिक श्रदाञ्जली अर्पण गर्दै उनको व्यक्तित्व र योगदानप्रति चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य युवराज शर्माले लोकतन्त्र, नागरिक अधिकार प्राप्ती र प्रेस तथा अभिव्यक्ति स्वातन्त्रताका लागि गुप्तले अतुलनीय योगदान पु¥याएको भन्दै उनको विचार र व्यवहारलाई अवलम्वन गर्न आह्वान गरे ।

Kanti Aarogya Hospital Nepalgunj

पत्रकारितामार्फत समाजलाई सुसुचित गर्न गुप्तले ज्यानकोबाजी लगाएको स्मरण गर्दै शर्माले समाज विकास र पत्रकारिताको प्रवद्र्धनमा पनि अंह भूमिका रहेको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले स्वर्गीय गुप्तको सरल र असल स्वभावसँगै पत्रकारिताप्रतिको आस्था र निरन्तरता उदाहरणीय भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष विजय कुमार गप्ताले स्वर्गी गुप्तको स्मृतिका लागि दीर्घकालिन रचनात्मक कार्यका लागि सार्वजनिक अपील गरे ।

उनले स्वर्गीय गुप्तको स्मरणमा निवास नजिकै चोक नामाकरण गरि शालिक स्थापनाका लागि अगुवाई गरिदिन पत्रकार महासंघ लगायतलाई अनुरोध गरे ।

प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्वारा सञ्चालन गरिएको सभामा नेपाल पे्रस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओली, अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्र, प्रतिष्ठानका कानूनी सल्लाहकार राकेश कुमार सोनी, प्रेस मञ्चका उपाध्यक्ष आशीष गुप्ता, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष एवं अधिवक्ता विश्वजित तिवारी लगायतले शव्दद्वाारा श्रद्धासुमन प्रकट गरेका थिए ।