File Photo
नेपालगन्ज १५ माघ : स्थानीय निर्वाचनको मिति सार्ने वा तोक्ने भन्ने राजनीतिक तर्ककाबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरु आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त सहमति जुटेको हो ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ । संविधानअनुसार कानूनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ,’ बैठकपछि कार्कीले भने ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको गठबन्धनका एक नेताले बताए ।
सञ्चारमन्त्री कार्कीका अनुसार ऐन संशोधन गर्न आवश्यक भए त्यसको प्रक्रिया अघि बढाउन पनि बैठकले सरकारलाई सुझाव दिएको छ ।
यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर, गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।
सरकारले स्थानीय तहको निर्वाचन सार्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दलसहित बुद्धिजीवि नागरिक समाजले विरोध गर्दै आएका थिए । नेपाली काँग्रेसभित्र समेत निर्वाचन सार्न हुने वा नहुने भन्ने विषयमा मत विभाजन हुन थालेको थियो । यसअघि शनिबार बिहान बसेको गठबन्धनको बैठक निर्णयमा पुग्न नसक्दा शनिबार नै बेलुका पुनः बैठक बस्ने गरी टुंग्याइएको थियो ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस