मोरङमा थपिए ६६ हजार मतदाता


मोरङमा थपिए ६६ हजार मतदाता

File Photo

मोरङ १६ माघ : मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिंगी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिंगी दुई मतदाता थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रंगेलीमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिंगी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।

आयोगले मतदाता नामावली विशेष संकलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मंसिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली संकलन गरिएको थियो । सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली संकलन जारी रहने अधिकारीले जानकारी दिए । -रासस