नेपालगन्ज १६ माघ : प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहिदको सम्झनामा नेपालगन्ज जेसिसद्वारा दीप प्रज्वलन गरी शहिद दिवस मनाइएको छ ।
वि.सं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण दिएको सम्झनामा विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइएको हो ।
शहिद सेतु बिकको नाममा रहेको नेपालगन्जको सेतु बिक चोक शहिद स्मारकमा विशेष कार्यक्रम गरियो । आयोजित कार्यक्रममा नेपालगन्ज जेसिस वर्स २०२२ का अधक्ष्य चिरञ्जिबी शर्मा, कार्यकारीणी उपाध्यक्ष दोयारोशन केसी, आदित्य गुप्ता, महासचिव अंकित सिंह लगायत सम्पूर्ण जेसिस पदाधिकारी, पूर्व पदाधिकारीहरु शहिद स्मारक पुगेका थिए र स्मारकमा दीप प्रज्वलन गरे ।
मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहिद मुलुकका सच्चा सपूत हुन् र मृत्यु पश्चात पनि उनीहरुको बलिदानलाई उच्च मूल्यांकन गर्न जरुरी रहेको कार्यक्रम सयोंजक उत्सब सिजाली मगरले बताएका छन् ।