नेपालगन्ज १६ माघ : प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहिदको सम्झनामा नेपालगन्ज जेसिसद्वारा दीप प्रज्वलन गरी शहिद दिवस मनाइएको छ ।
वि.सं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण दिएको सम्झनामा विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइएको हो ।
शहिद सेतु बिकको नाममा रहेको नेपालगन्जको सेतु बिक चोक शहिद स्मारकमा विशेष कार्यक्रम गरियो । आयोजित कार्यक्रममा नेपालगन्ज जेसिस वर्स २०२२ का अधक्ष्य चिरञ्जिबी शर्मा, कार्यकारीणी उपाध्यक्ष दोयारोशन केसी, आदित्य गुप्ता, महासचिव अंकित सिंह लगायत सम्पूर्ण जेसिस पदाधिकारी, पूर्व पदाधिकारीहरु शहिद स्मारक पुगेका थिए र स्मारकमा दीप प्रज्वलन गरे ।
मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहिद मुलुकका सच्चा सपूत हुन् र मृत्यु पश्चात पनि उनीहरुको बलिदानलाई उच्च मूल्यांकन गर्न जरुरी रहेको कार्यक्रम सयोंजक उत्सब सिजाली मगरले बताएका छन् ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे