नेपालगन्ज १७ माघ : बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंखया घटेको पाइएको हो ।
विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए ।
सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंखया पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७३३, पाटनको जनसंख्या १४ हजार ९४५ र मेलौलीको जनसंख्या ११ हजार २६५ रहेको छ ।
दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसंखया नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसंख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या नौ हजार ६५० रहेको छ ।
बसाइसराइलगायत कारणले जिल्लाको जनसंख्या घटेको प्रमुख पन्तले बताए । उनले भने, ‘जनसंख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराईको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।’ -रासस
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे