निर्वाचनको मिति घोषणा गर्न सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


निर्वाचनको मिति घोषणा गर्न सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज १७ माघ : तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न ज्ञापन पत्र बुझाइएकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीमाफर्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विभिन्न भ्रातृ संगठनले तत्काल स्थानीय तह निर्वाचन घोषणा गर्न माग गर्दै सोमबार उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न उनीहरुले माग गरेका छन् ।

अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल खेलकुद महासंघ लगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गरिएको युवा नेता मोहित शाहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार सरकार निर्वाचनबाट पछाडी हटेमा लाखौं नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाईमा पुनः एक पटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिइको बताए ।

ज्ञापनपत्र बुझिसकेपछि प्रजिअ खत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने प्रतिवद्धता जनाएका थिए ।