सोनाम ल्होछारमा सार्वजनिक विदा


सोनाम ल्होछारमा सार्वजनिक विदा

नेपालगन्ज १८ माघ : सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेकोछ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

ल्होछारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको बताइन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको हुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै सोनाम ल्होछारका अवसरमा देशभर मेला, महोत्सव आयोजना गरि तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने गरिन्छ ।