नेपालगन्ज १८ माघ : सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेकोछ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
ल्होछारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको बताइन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको हुन्छ ।
यस्तै सोनाम ल्होछारका अवसरमा देशभर मेला, महोत्सव आयोजना गरि तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने गरिन्छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे