नेपालगन्ज २० माघ : प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत अग्रह गरेको छ ।
काउन्सिलले आज एक विज्ञप्तिमार्फत तथ्यगत पुष्ट्याइँ नभइ, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले त्यसतर्फ ध्यान दिन यस्तो आग्रह गरेको हो ।
प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चार माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने व्यवस्था छ ।
विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको छ ।
यसरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भइ एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
तथ्यगत पुष्टी बेगर समाचार सम्प्रेषण गर्ने उक्त समाचार संस्था र प्रकाशन गर्ने अनलाइनहरूलाई काउन्सिलले स्पष्टीकरणसमेत सोधेको छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे