नेपालगन्ज २० माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो ।
केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गरेका थिए । उनको पार्थिव शरीरमा राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिए ।
केसीको निधनप्रति दुःख ब्यक्त गर्दै राप्रपा लगायत विभिन्न दलका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुक लगायतले श्रद्धाञ्जली ब्यक्त गरेका छन् । राप्रपा महामन्त्री राणा, सहायक महामन्त्री देवकोटा र जिल्ला अध्यक्ष पौडेलले पनि केसीको निधनप्रति दुःख ब्यक्त गर्दै पार्टीले एक राष्ट्रवादी, निष्ठावान र असल नेता गुमाएको र पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।
स्वर्गीय केसीको बिहीबार नै धार्मिक विधिपुर्वक बाँकेको सिधनियाघाटमा अन्त्यष्टी गरिएकोे राप्रपाका युवा नेता वीरेन्द्रकुमार रावतले जानकारी दिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी