नेपालगन्ज २२ माघ : माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । यस वर्षको वसन्त पञ्चमी आईतबार परको छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छ ।
पूजन विधि
वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथैज्ञान र सफलता पनि प्राप्त हुन्छ । बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् ।
अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस् । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् । माताको प्रतिमाअघि उभिएर सरस्वती स्तुति उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन् ।
सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा–पुस्तक–धारिणीमभयदां जाड्यांधकारपहाम् ।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।
यस्तो छ मूल मन्त्रद्वारा देवी सरस्वतीको पूजा
प्रत्येक देवीदेवताको एक मूल मन्त्र हुन्छ । यही मन्त्रबाट उनीहरूको आव्हान गरिन्छ । यी मन्त्र विशेष रूपमा सिद्ध हुन्छन् । देवी सरस्वतीको अष्टाक्षर बीज मन्त्र हो – श्रीं ह्रीं सरस्वत्यै स्वाहा । देवीको पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको जाप गर्नुपर्छ । अनि सरस्वती पूजनको समयमा यी श्लोकले भगवतीको ध्यान गर्नुपर्छः
सरस्वती शुक्लवर्णां सस्मितां सुमनोहराम् ।।
कोटिचंद्रप्रभामुष्टपुष्टश्रीयुक्तविग्रहाम् ।
वह्निशुद्धां शुकाधानां वीणापुस्तकमधारिणीम् ।।
रत्नसारेन्द्रनिर्माणनवभूषणभूषिताम् ।
सुपूजितां सुरगणैब्र्रह्मविष्णुशिवादिभिस् ।।
वन्दे भक्त्या वन्दिता च मुनीन्द्रमनुमानवैस्
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे