नेपालगन्ज २३ माघ: नेपाल प्रेस युनिय कैलालीको भवन निर्माण अभियान शुरु भएको छ । सरस्वती पूजाको शुभ दिन पारेर युनियन कैलालीको धनगढीमा भवन निर्माणको अभियान शुरू भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर– ५ तारानगरमा युनियनको भवन निर्माण स्थलमा बोर्ड लगाईएको छ । युनियनका पदाधिकारी तथा पत्रकारहरुको सहभागीतामा निर्माण स्थलमा बोर्ड लगाएर भवन निर्माण अभियान शुरु गरिएको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
उनका अनुसार बोर्ड लगाईएको जमिनमा युनियनको पक्की भवन निर्माणको काम थालिनेछ । ‘सबैको सल्लाह र सहयोगले मात्रै भवन निर्माणको काम सम्भव हुन्छ ।’ अध्यक्ष देउवाले भने– ‘आउनुहोस् सबै हातेमालो गरौं । यो अभियानमा सबैको साथ र सहयोग पाउने अपेक्षा पनि गरेका छौं ।’
युनियनको भवन निर्माण गर्नका लागि भवन निर्माण समिति समेत गठन गरिएको छ । पत्रकार दीपक उपाध्यायको संयोजकत्वमा भवन निर्माण समिति बनाईएको हो । भवन निर्माण हुने स्थानको जग्गाको बनोट अनुसार नाप नक्शांकन गरेर भवन निर्माणको काम तत्काल शुरु गरिने निर्माण समितिका संयोजक उपाध्यायले बताए ।
नेपाल प्रेस युनियनले लामो समयदेखि पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ । पत्रकारहरुको पेशागत हकहितका लागि लाग्न अझ सहयोग होस् भनेर भवन निर्माणको कामलाई अभियानका रुपमा अगाडी बढाईएको हो ।
भवनमा कार्यालयसँगै पत्रकारहरुका कार्यक्रमहरु आयोजना गर्नका लागि सभाहल लगायतका संरचनाहरु निर्माण गरिने अध्यक्ष देउवाले बताए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे