बस्नेतलाई स्वागत, सुवेदीलाई विदाई
नेपालगन्ज २४ माघ : नेपालगन्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वागत गरिएको छ । त्यस्तै सरुवा भएर काठमाडौं जान लागेका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको बिदाई गरिएको छ ।
कार्यक्रममा बोल्दै मेयर डा. धवल शम्सेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा अवधि नपुग्दै मन्त्रालयले बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्नु निकै दुःखद् कुरा भएको बताए ।
४-५ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नाले धेरै काम प्रभावित हुने मेयर राणाले बताए ।
काम गर्दै गरेका प्रशासकीय अधिकृतहरु बीचमै छोडेर जानुपर्ने अनि नयाँ आउनेलाई यहाँ बस्तुस्थिति बुझ्नै समय लाग्ने हुँदा उपमहानगरपालिकाको काम प्रभावित हुने मेयर राणाले बताए ।
मेयर राणाले सरुवा भएर जान लागेका सुबेदीको उज्ज्वल भबिस्यको कामना गर्दै नयाँ आएका बस्नेतलाई स्वागत गर्दै सबै मिलेर उपमहानगरपालिकाको काम गर्नुपर्ने बताए ।
बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् । सरुवा भएर आएका बस्नेतले यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा सोमबार गरिएको स्वागत तथा विदाई कार्यक्रममा कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी