स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय


स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय

File Photo

नेपालगन्ज २४ माघ : अन्ततः सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेकोछ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीय निर्वाचनको मिति तय गर्ने लगायतका विषयमा मन्त्रिपरिषद्को जारी बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ गते वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गतेको मिति यसअघि सिफारिस गरेको थियो । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले यही माघ १८ गते आगामी जेठ ४ गतेका लागि निर्वाचन गर्न मिति प्रस्ताव गरेको थियो ।