File Photo
नेपालगन्ज २५ माघ : भोली बुधबारदेखि फेरि पर्ने सम्भावना रहेकोछ । नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले फेरि पानी पर्ने सम्भावना देखिएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।
मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको ‘पोस्ट मनसुन’ (मनसुन पछिका महिना) र हिउँदमा पनि धेरै वर्षा हुने गरेको अनुभव छ ।
यस वर्षको प्रि–मनसुन र मनसुन अवधिमा अत्यधिक वर्षा भएको थियो । सो वर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो ।
यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर, यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको विभागले जनाएको छ । यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।
गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो सरदर वर्षा (६०.९ मिलिमिटर)को करिब एक चौथाइ मात्र हो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे