नेपालगन्ज २७ माघ : नेपालगन्जको विशालनगर चोकमा वडाअध्यक्ष दीपक बर्माले हाइमास्ट लाईटको शिलान्यास गरेका छन् । केहीदिन अघि मात्रै तेजनगरमा हाइमास्ट शिलान्यास गरेका वडाअध्यक्ष बर्माले हप्तादिनमै पुनः अर्को हाइमास्ट लाईट शिलान्यास गरेका हुन् ।
सर्वसाधरणलाई रातको समयमा उज्यालो प्रदान गर्न वडाअध्यक्ष बर्माले वडाको बजेटबाट हाइमास्ट निर्माण गरिरहेकाछन् । शिलान्यासका क्रममा बोल्दै वडाअध्यक्ष बर्माले भने–‘तेजनगरमा हाइमास्ट लाईट निर्माणको कार्य सम्पन्न भइसकेकोछ । त्यसमा लाईट जडान गरि छिटै सञ्चालनमा ल्याउनेछौं ।’
उनले भने–‘वडाको बस्ती, टोल उज्यालो बनाउने योजनाअनुरुप रात्रीकालिन सर्वसाधरणको आवागमन र सहजताका लागि हाइमास्ट लाईट जडान गरेका हौं । वडाको समग्र विकास र समस्या समाधानमा म लगायत वडाको टिम प्रतिबद्ध छ, सोही अनुरुप अघि बढिरहेकाछौं ।’
वडाले आफ्नै बजेटबाट गत वर्ष नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१८ को एसके पेट्रोल पम्म नजिक र कारकाँदो चोकमा हाइमास्ट लाईट जडान गरिसकेकोछ । यस वर्ष वडा नम्बर–१८ को तेजनगर र विशाल चोकमा गरि थप दुई वटा वडाको बजेटबाट हाइमास्ट लाईट जडान भइरहेको वडा सदस्य दिग्बिजय ढुंगानाले बताए ।
नेपालगन्ज–गुलरिया बाइपास सडकको वाटरपार्क नजिक विशालनगर चोक सुरक्षाको दृष्टिकोणले अति संवेदनशील चोक मानिन्छ । उक्त चोक वडा नम्बर–१८ र वडा नम्बर– १ को सीमामा पर्छ ।
सोही चोकबाट जानकी गाउँपालिकाको बनियागाउँ, गुरुवागाँउ, बुढियागाँउका बासिन्दाहरु राती अबेरसम्म आवतजावत गर्ने गर्छन् । सोही बाटो हुदैँ खजुराको बुद्धपुर, एफ गाउँ, राँझा, पिप्रहवा, गनापुर र हवल्दारपुरतर्फसम्मको नाका जोडिएकोछ ।
यस्तै विशाल चोक भएर धम्बोझीका विभिन्न टोल, नन्दनीमील हुदैँ नेपालगन्ज–गुलरिया सडक र नजिकै ईन्द्रपुर गाउँतर्फ समेत सर्वसाधरणको आवागमन हुने गर्दछ । यस्तै विशाल चोकबाट कारकाँदो गाउँहुदै नेपालगन्ज–कोहलपुर सडक जोडिन्छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे