नेपालगन्ज २८ माघ : आगामी फागुन १३ गते नेपाली काँग्रेसको बाँकेसहित १६ जिल्लाको अधिवेशन हुने भएकोछ ।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका बाँकेसहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
केन्द्रीय निर्वाचन समितिले महाधिवेशन हुन नसकेर १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय गरेका थियो ।
महाधिवेशन लगत्तै पुष २७ का लागि तोकेको जिल्ला अधिवेशन राष्ट्रियसभा निर्वाचनका कारण सारेर माघ १५ मा तोकिएको थियो । तर, कोरोना महामारीका कारण फेरि अनश्चित भएको जिल्ला अधिवेशन आगामी फागुन १३ मा तोकिएको हो ।
सचिव केशव रिजालद्वारा जारी प्रेस विज्ञप्ती अनुसार बाँके, कैलाली, अछाम, चितवन, नवलपुर, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली सहितका १६ जिल्लामा अधिवेशन बाँकी छ ।
अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।
उक्त विज्ञप्तीमा केही गाउँपालिका र नगरपालिकासहित वडाहरू र निर्वाचन क्षेत्रको अधिवेशन बाँकी रहेको भन्दै फागुन १० गते भित्रै अधिवेशन सक्ने उल्लेखछ । साथै कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गरि अधिवेशन सम्पन्न गर्न आग्रह गरिएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?