बाँके सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते


बाँके सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते

नेपालगन्ज २८ माघ : आगामी फागुन १३ गते नेपाली काँग्रेसको बाँकेसहित १६ जिल्लाको अधिवेशन हुने भएकोछ ।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका बाँकेसहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले महाधिवेशन हुन नसकेर १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय गरेका थियो ।

महाधिवेशन लगत्तै पुष २७ का लागि तोकेको जिल्ला अधिवेशन राष्ट्रियसभा निर्वाचनका कारण सारेर माघ १५ मा तोकिएको थियो । तर, कोरोना महामारीका कारण फेरि अनश्चित भएको जिल्ला अधिवेशन आगामी फागुन १३ मा तोकिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सचिव केशव रिजालद्वारा जारी प्रेस विज्ञप्ती अनुसार बाँके, कैलाली, अछाम, चितवन, नवलपुर, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली सहितका १६ जिल्लामा अधिवेशन बाँकी छ ।

अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

उक्त विज्ञप्तीमा केही गाउँपालिका र नगरपालिकासहित वडाहरू र निर्वाचन क्षेत्रको अधिवेशन बाँकी रहेको भन्दै फागुन १० गते भित्रै अधिवेशन सक्ने उल्लेखछ । साथै कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गरि अधिवेशन सम्पन्न गर्न आग्रह गरिएकोछ ।