File Photo
नेपालगन्ज २८ माघ : प्रहरी प्रधान कार्यालयले बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीलाई हटाएकोछ । काजमा आएका प्रहरी प्रमुख एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।
यसरी सवरुवा हुनेमा बर्दिया प्रहरी प्रमुख एसपी कार्की सहित ३ जना एसपी रहेकाछन् ।
नेपाल प्रहरीले बर्दियासहित तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको हो । योसंगै बर्दिया प्रहरी प्रमुखका रुपमा एसपी वीरेन्द्र शाही आउने भएकाछन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बर्दिया, चितवन र महोत्तरीका प्रहरी प्रमुखको काज सरुवा गरेको बताएकोछ ।
सरुवा भएका प्रहरी प्रमुखहरुमा बर्दियामा एसपी वीरेन्द्र शाही, चितवनमा एसपी नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीको सरुवा भएको छ ।
हाल बर्दियामा ईश्वर कार्की, चितवनमा ओम अधिकारी र महोत्तरीमा दिनेश आचार्य कार्यरत थिए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे