File Photo
नेपालगन्ज २८ माघ : प्रहरी प्रधान कार्यालयले बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीलाई हटाएकोछ । काजमा आएका प्रहरी प्रमुख एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।
यसरी सवरुवा हुनेमा बर्दिया प्रहरी प्रमुख एसपी कार्की सहित ३ जना एसपी रहेकाछन् ।
नेपाल प्रहरीले बर्दियासहित तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको हो । योसंगै बर्दिया प्रहरी प्रमुखका रुपमा एसपी वीरेन्द्र शाही आउने भएकाछन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बर्दिया, चितवन र महोत्तरीका प्रहरी प्रमुखको काज सरुवा गरेको बताएकोछ ।
सरुवा भएका प्रहरी प्रमुखहरुमा बर्दियामा एसपी वीरेन्द्र शाही, चितवनमा एसपी नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीको सरुवा भएको छ ।
हाल बर्दियामा ईश्वर कार्की, चितवनमा ओम अधिकारी र महोत्तरीमा दिनेश आचार्य कार्यरत थिए ।