नेपालगन्ज २९ माघ : लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने भएकोछ । फागुन १ गतेदेखि ३ गतेसम्म विविध कार्यक्रमको आयोजना गरि प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।
प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी दाङमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउन लागेको जनाएकोछ ।
अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवल बाटै भैरहेका छन् । तर, प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।
मन्त्रालयहरु सरिनसकेको भएपनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएकोछ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिनेछ । साथै लुम्बिनी सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कुनै पनि कार्यक्रम नगर्ने जनाएकोछ ।
स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएपनि अझैं सम्म सबै मन्त्रालय सरिसकेको छैन । पूर्वाधार निर्माण कार्य सम्पन्न नहुदाँ दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या देखिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?