प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार


प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार

नेपालगन्ज २९ माघ : लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने भएकोछ । फागुन १ गतेदेखि ३ गतेसम्म विविध कार्यक्रमको आयोजना गरि प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी दाङमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउन लागेको जनाएकोछ ।

अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवल बाटै भैरहेका छन् । तर, प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।

मन्त्रालयहरु सरिनसकेको भएपनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिनेछ । साथै लुम्बिनी सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कुनै पनि कार्यक्रम नगर्ने जनाएकोछ ।

स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएपनि अझैं सम्म सबै मन्त्रालय सरिसकेको छैन । पूर्वाधार निर्माण कार्य सम्पन्न नहुदाँ दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या देखिएको छ ।