डुडुवा (बाँके) २९ माघ : डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका छात्राहरुलाई साईकल वितरण गरेको छ ।
बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो ।
विक्रम संम्बद २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्रालाई साईकल वितरण गरिएको हो । आज शनिबार एक समारोहकाविच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताए ।
उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए । अध्यक्ष चौधरीले उच्च शिक्षा हाँसिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हाँसिल गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका अन्र्तगत ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्राले २०७७ सालमा एसईई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे